जगीलाल थापा, काठमाण्डौ ।
नेपालको सबै भन्दा सानो जिल्ला हो भक्तपुर। उपत्यका भित्रका तिन जिल्ला मध्ये सानो जिल्ला भित्रको एक नगरपालिका हो भक्तपुर। सो नगरपालिकोबारेमा कुनै हल्ला छैन, कुनै मिडियाबाजी छैन तर उ आफ्नै ढंगले जनताको निरन्तर सेवामा जुटिरहेको छ। देशभरका ७५३ स्थानीय तहहरुमध्ये भक्तपुर नगरपालिका जनस्तरबाट उभिएर निरन्तर अडिएको सवल र सक्षम स्थानीय तह हो।
त्यस नपाका जनप्रतिनीहिरुमा कुनै बडप्पन छैन। कुनै कार्यकर्ताहरुको लाम छैन। जिउ हजुरी पनि छैन। मनमा पिडा बाहिर देखावटी शान पनि छैन। एकनासले हिडिरहेको भक्तपुर। त्यहाका जनतामा जनप्रतिनीधि प्रति पुर्ण विश्सास छ। जनताकै सहयोग र जनप्रतिनीधिहरुको योजनामा हरेक बिकास कार्यहरु भइरहेका छन। कुनै उपभोक्ताहरुमा कुनै कमिसन र अनियमित्ता गरौला भन्ने छैन। किनभने जनप्रतिनीधिहरु पनि उस्तै छन।
नगरपालिकाबाट संचालित बिभिन्न योजनाहरु र निर्माण ब्यबसायीहरुबाट कमिसन लिउँला र जनप्रतिनीधि भएको बेला अकुट पैसा कमाउला भन्ने कुनै लोभ छैन, चिन्तन छैन । त्यस नपाका हरेक कामहरु उपभोक्ता समिति मार्फत सम्पन्न भएका छन। प्राविधिकहरुले तयार गरेको लागत अनुमान भन्दा दोव्वर कम मुल्यमा उपभोक्ता समिति मार्फत योजना सम्पन्न हुने गर्छन। तैपनि कुनै हल्ला छैन। मिडियावाजी छैन।
भक्तपुर नपा र त्यहाँका जनप्रतिनीधिहरु र उपभोक्ताहरु हल्लामा होइन काममा बिश्वास गर्छन। चुनावको समयमा आफुले प्रतिवद्धता गरेको घोषणा पत्रको मुल्यांकन गर्छन । “यो बर्षमा कतिवटा बुँदामा पुरा गरियो र अव बाँकी बुँदाहरुलाई के क कसरी पुरा गर्ने” भन्नेबारे आम नागरिकहरु बिच बसेरै योजना बनाउछन। भए गरेका कामहरु समिक्षा गर्छन। भक्तपुर नपा र त्यहाँका जनप्रतिनीधिहरु नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेद्वारा लिखित सय बर्षको भक्तपुर कल्पनालाई साकार बनाउन उद्धत छन।
नपाका कुनैपनि योजनाहरु संचालन गर्न कुनै पनि अन्तराष्ट्यि गैरसकारी संघसंस्थाहरुलाई अनुमती दिइदैन। घर घरमा नर्सिङ सुविधा उपलब्ध गराएको छ नपाले। एक घर एक स्नताकको लक्ष्यलाई पुरा गर्न २०५६ सालमा तत्कालिन नगर प्रमुख प्रेम सुवाल हुँदा संचालन गरेको ख्वप कलेज हुदै बिभिन्न ८ वटा शैक्षिक संस्थाहरु नगरपालिकाले संचालन गरेको छ। अहिले भक्तपुरका हरेक घरमा स्नातकोत्तर उत्तिर्ण नगरेका र इन्जिनियर नभएको घर सायद कमैमात्रमा होला। तैपनि हल्ला छैन। कुनै मिडियावाजी छैन।
भक्तपुर मोडलको बिकासबारे अध्ययन र अनुगमन गर्न देशका बिभिन्न स्थानीय तहका जनप्रतिनीधि र कर्मचारीहरु नपुगेका पनि होइनन। तर उनिहरुका संचारविज्ञ वा प्रेस सल्लाहकारहरुले भक्तपुरको अध्ययनबाट सिकेको कुरा र आफ्नो स्थानीय तहरुमा त्यहाँको भुगोल अनुसार कसरी लागु गर्न सकिन्छ भन्ने वा प्रयास गर्ने भन्नेबारे समाचार लेख्दैनन। वा जनप्रतिनहिरुले समाचार लेख्न लगाउदैनन। भक्तपुरमा कुन कुन ठाउँबाट अध्ययन तथा अवलोकन को को गर्न आए अनि उनिहरुले के भने भन्नेबारे भक्तपुर नपाद्वारा प्रकाशित मासिक बुलेटिनबाट मात्र जानकारी हुन्छ।
भनपामा नेमकिपाका जनप्रतिनीधिहरु नआउदासम्म भक्तपुर निकै फोहोरहरुको थुप्रो थियो। भक्तपुरबाट बाहिर निस्किएकाहरुले परिचय दिनु पर्यो भने आफुलाई भक्तपुरवासी भन्न मन पराउदैनथे। उनिहरुले आफ्नो घर काठमाण्डौ बताउथे। भक्तपुरबाट बिहे भएर अन्त जिल्ला गएका चेलीहरुले समेत आफ्नो माइती जिल्ला भक्तपुर हो भन्न हिचकिचाउथे। तर आज भक्तपुर निकै सफा छ। ब्यबस्थित छ। हरेक चोक र गल्लीहरुमा पुस्तकालय छन। दिनभरी घुमिरहुँ अनि रमाइरहुँ जस्तो छ। हरेक घर शिक्षित छोराछोरीहरुले भरिएका छन। हिजो भक्तपुर घर वा माइती भन्न हिचकिचाउनेहरुले गर्वका साथ भन्ने गर्छन “मेरो घर वा माइती भक्तपुर हो।”
भनपाको अवालोकन गर्न आउने बिदेशी पर्यटकहरुलाई गाइड गर्ने भक्तपुरवासी नै छन। पर्यटकहरुले छुट्टै गाइड लिएर आउनु पर्दैन। गाइड लिएपनि भक्तपुरको यथार्थ त्यहीकै गाइडहरुले बताउछन। त्यो पनि उनिहरुकै भाषामा। भनपाले बिभिन्न देशका भाषाहरुको प्रशिक्षण कक्षा संचालन गरेको छ। त्यही प्रशिक्षण कक्षाबाट प्रशिक्षित प्रशिक्षार्थीहरुले जुनसुकै देशबाट आएका पर्यटकहरुलाई सरल र मिठास भाषामा गाइड गर्छन । तर कुनै हल्ला छैन, कुनै मिडियावाजी छैन।
भक्तपुर नपाले गरेको तर हल्ला नभएको काम हो दिनमा ७५० भन्दा बढी बिरामीहरुको स्वास्थ्य सेवा । भक्तपुर नपाद्वारा संचालित ख्वप अस्पतालले २४ सै घण्टा बिशेषज्ञ चिकित्सकहरुको सेवा सहित स्वास्थ्य परिक्षण गर्दै आइरहेको छ। गत आ.व २०७९/०८० मा २ लाख २० हजार भन्दा बिरामीहरुको स्वास्थ्य परिक्षण सेवा दिन सफल भएको छ। शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरी देशकै नमुना नगरपालिका बन्न सफल भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पनि फड्को मार्दैछ । जनस्वास्थ्य सेवा केन्द्रको रुपमा सञ्चालन हुँदै आएको ख्वप अस्पताल अहिले १०० शैय्यामा बिस्तार भएको छ । अस्पतालले आफ्ना विशेषज्ञ सेवाहरूलाई थप विस्तार गर्दै करिब ७० जिल्लाका दैनिक ७५० भन्दा बढी बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालको लागि आवश्यक चिकित्सक र कर्मचारीहरू आफ्नै स्रोतमा अस्पतालले पदपूर्ति गर्दै आएको छ । तर कुनै हल्ला छैन। कुनै मिडियावाजी छैन। भक्तपुर एकनासले आफ्नै योजना र मार्गमा हिडिरहेको छ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले आ।व। २०७९/० मा २ लाख २० हजार ४ सय ३७ जना बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । जसअन्तर्गत आ।व। २०७९/८० मा ख्वप अस्पतालबाट २ हजार २४७ जनाले फिजियोथेरापी सेवा, १२ हजार ९२७ जनाले बाल चिकित्सा सेवा, १२ हजार ८९७ जनाले नाक, कान र घाँटीको सेवा, ९ हजार ८२७ जनाले स्त्रीरोग विशेषज्ञ सेवा, ५ हजार ६१३ जनाले छाला रोग सेवा, ५ हजार ७४ जनाले ल्याब सेवा, २४ हजार ५०४ जनाले अर्थोपेडिक, १६ हजार ८८८ जनाले इमर्जेन्सी सेवा, १६ हजार १५६ जनालाई डेन्टल सेवा लिएका थिए ।
त्यस्तै अस्पतालबाट १ लाख ७ सय ७४ जनाले जनरल ओपीडी सेवा, १ हजार ९४० जनाले जनरल सर्जिकल ओपीडी सेवा, ५ हजार ६५२ जनाले इन्टरनल मेडिसिन सेवा, १ हजार ७५४ जनाले कार्डियोलोजी, ३ हजार २७ जनाले एमजीडीपी सेवा लिएका थिए ।
त्यस्तै गरी श्वासप्रश्वास पुनःस्थापना केन्द्रबाट आ।व। २०७९/८० मा ७ सय ७९ जनाले स्वास्थ्य उपचार पाएका थिए । सोही आ।व। मा ९५२ जना बिरामीले अन्तरंग सेवा पाएका थिए । यस बाहेक अस्पतालले दैनिक रुपमा परिवार नियोजन र खोप सेवा पनि प्रदान गर्दै आएको छ । आ।व। २०७८/७९ मा ख्वप अस्पतालबाट कूल १ लाख ७५ हजार ९४३ जना बिरामीहरूले स्वास्थ्य उपचार सेवा लिएका थिए ।
ढलेको सिन्को ठाडो पार्छन कि पादैनन तर भुसुना मारेर चिल मारेको हल्ला गर्ने हल्लावाजहरुले भक्तपुरबाट यी पाठहरु सिक्न आवस्यक ठान्छन कि ठान्दैन त
कुनै हल्ला र मिडियाबाजी छैन, तर जनताको प्रत्यक्ष सेवामा ख्वप अस्पताल
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??